१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

वडाअध्यक्ष मिस्राले सिफारिस नदिएपछी कपिलवस्तुका ७ राजनितिक पार्टीको सामुहिक प्रेस विज्ञप्ती

Logo
प्रकाशित बिहिबार, माघ १३, २०७८


(ABC-Sanchar)
कपिलवस्तु । वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनितिक सात दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् । वडाअध्यक्ष मन्जु मिश्राले नागरिकलाई दुख दिएको भन्दै राजनितिक दलहरु एकजुट भई प्रेस विज्ञप्ती जारी गरेका हु्न । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओबादी केन्द्र) नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, बहुजन पार्टी, जनमत पार्टीले समुहिक विज्ञप्ती जारी गरेका छन । निर्वाचित जनप्रतिनिधिद्धारा आमनागरीकहरुलाई सहज रुपमा सेवा सुविधा दिनु पर्नेमा अहिले जनप्रतिनिधीहरुवाट नै आमनागरीकहरु सेवा सुविधाबाट बन्चित हुनु परेको विज्ञप्तीम उल्लेृख गरिएको छ ।
विज्ञप्तीमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० सितलापुर बस्ने वर्ष ४५ का रउफ धोबीले मिति २०७८।९।२५ गते वडा कार्यालय लालपुरमा दिएको चार किल्ला सिफारीसको निवेदन उपर वडा अध्यक्ष मन्जु मिश्राले कुनै सुनुवाई नगर्नु प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको लेखीएको छ ।
नेपाली काँग्रेस शिवराज नगरसचिव विष्णु पोखरेल, नेकपा एमाले १० नं वडा अध्यक्ष कपिलदेव कुर्मी, नेकपा (माओबादी केन्द्र) शिवराज नगर सचिव भरत पोखरेल, नेकपा एकिकृत समाजवादी नगर सदस्य सम्झना चौधरी, जनता समाजवादी पार्टी, नेपाल १० नं वडाअध्यक्ष योतिनारायण कुर्मी, बहुजन पार्टीका वडा अध्यक्ष राम प्रसाद कोरी, जनमत पार्टीका जिल्ला कोषाध्यक्ष हनिफ गद्धीले समुहिक हस्ताक्षर गर्नु भएको छ । वडाअध्यक्षलाई पटक पटक अनुरोध गर्दा समेत निर्वाचित जनप्रतिनिधी आफनौ कर्तव्यबाट पन्छिन खोज्नु निन्दानिय कार्य हो भएको जानइएको छ ।
यसरी राजनितिक प्रतिसोध राखी नागरीकलाई सेवा नदिनु गैर राजनिति, गैर जिम्मेवार कार्य भएको हाम्रो ठहर छ । तसर्थ कुनै राजनितिक प्रतिसोध नराखी यथासिघ्र नियम बमोजिम रउफ धोविलाई सिफारीस दिनुहुन हामी राजनितिक दलहरुको सामुहिक माग रहेको छ लेखीएको छ । यदी नागरिकहरुले पाउनु पर्ने सेवा सुविधा रोकियो भने हामी कडा अन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ भनेर प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ती यस प्रकार रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!