०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

मालपोत कार्यालय बाँकेमा अत्यावश्यक सेवा काम बाहेक सबै सेवा बन्द

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८

(ABC-Sanchar)
बाँके । कर्मचारीमा कोरोना देखिएपछि भुमि सुधार तथा मालपोत कार्यालय बाँकेमा आन्तरिक प्रशासनिक बाहेक सबै सेवाहरु बन्द गरिएको छ ।

प्रुमख मालपोत अधिकृत छविलाल नेपालीद्वार हस्ताक्षरित सुचनामा माघ १६ गते देखी २१ गतेसम्म भुमि सुधार तथा मालपोत कार्यालय बन्द रहने जनाइएको छ ।

प्रमुख अधिकृतका अनुसार,प्रमुख मालपोत अधिकृत लगायत अन्य केही कर्मचारीहरुमा समेत मिल्दोजुल्दो लक्षण देखा परेको र कार्यालयको सम्पुर्ण राजश्व रकम जम्म गनुपर्ने नेपाल बैँक लिमिटेड सिटिका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भई बन्द रहेकोले कोभिड १९ को संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको हुदा कार्यालयको आन्तरिक प्रशासनिक काम बाहेक सम्पुर्ण सेवा स्थगन गरिएको जनाएको छ ।

संक्रमित कर्मचारीहरु र मिल्दोजुल्दो लक्षण देखिएका सबै अहिले होमआइसोलेशनमा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]