१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

जेठ ४ गते स्थानीय चुनाव गर्न प्रधानमन्त्री देउवा र आयोगबिच समझदारी भयो

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८


(ABC-Sanchar)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ ।

आज (मंगलबार) आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् ।

‘सरकार र आयोगबिच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो । प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्नुभएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं. गंगदीस्थित सालभौरी गाउँ आसपास केही दिनदेखि जंगली भाले हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। साँझ पर्ने बित्तिकै हात्ती गाउँ पस्ने गरेको स्थानीयले बताएका छन्। हात्ती अहिले राजमार्ग हाईवेमा समेत देखा पर्न थालेको सवारी चालकहरुले बताएका छन्। यसैबीच डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय […]

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]