धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
२०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए।
घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट प्रहरी टोली खटिई चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
*मृतकहरु:*
१. सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. ५२ वर्षीया लिला राई
२. नाम, थर, वतन नखुलेकी बालिका, अन्दाजी ६/७ वर्षकी
३. नाम, थर, वतन नखुलेका पुरुष, अन्दाजी ४०/५० वर्षका
*उद्धार भई सकुशल रहेकाहरु:*
१. चालक सुनसरी, बराहक्षेत्र-१ बस्ने अं. २४ वर्षीय सुमन मगर
२. भोजपुर हतुवागढी-४ बस्ने अं. ४५ वर्षीय बिष्णु सुनार
३. भोजपुर हतुवागढी-४ बस्ने अं. ४२ वर्षीया तिर्था रसाईली सुनार
४. भोजपुर हतुवागढी-४ बस्ने अं. २५ वर्षीया पूजा तिरुवा
५. भोजपुर हतुवागढी-४ बस्ने अं. २२ वर्षीय प्रज्वल तिरुवा
६. भोजपुर हतुवागढी-४ बस्ने अं. २६ वर्षीय देबेन्द्र राई
७. भोजपुर हतुवागढी-४ बस्ने अं. २३ वर्षीय रञ्जित राई
८. झापा, कन्काई-४ बस्ने अं. २९ वर्षीया निता मगर
९. भोजपुर हतुवागढी-४ बस्ने अं. ३१ वर्षीय मोहन सुनार
*बेपत्ता:*
१. झापा, कन्काई-४ बस्ने अं. ७ वर्षीय शिवक मगर (निता मगरका छोरा)
२. सुनसरी, बराहक्षेत्र-१ बस्ने अं. २१ वर्षीया प्रमिला मगर
३. सुनसरी, बराहक्षेत्र-१ बस्ने अं. २२ वर्षीया मनु राई
बेपत्ता तीन जनाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना टोली परिचालन गरिएको छ।
बेपत्ताको खोजीका लागि नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।