१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

म पनि पुरुष हुँ, रिस उठ्न सक्थ्यो, तर दिदी सम्झेर सम्मान गरेँ भाइरल नारायण थापा

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक १०, २०८३

 

काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले भनेका छन् –

> “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन सक्थ्यो, लफडा हुन सक्थ्यो। तर उहाँलाई मैले दिदीबहिनीको रूपमा हेरेँ। उहाँ महिला हुनुहुन्छ, त्यसमाथि नेता तथा सांसदजस्तो जिम्मेवार पदमा हुनुहुन्छ। त्यसैले मैले उहाँलाई सम्मान गरेको हुँ।”

तर सांसद तामाङले पैसा फ्याँकेको कुरामा भने आफूलाई चित्त नबुझेको उनले बताएका छन्।

> “तर एउटा कुरा चाहिँ मलाई चित्त बुझेन। उहाँले त्यसरी पैसा फ्याँक्नुभयो। हामी गरिबका छोराछोरी हौँ। मेहनत र पसिना बगाएर, हात जोडेर दुःख गरेर कमाएको पैसा खान्छौँ। कसैले त्यसरी पैसा फ्याँकेर ‘ल, पैसा चाहिएको छ भने टिपेर लैजा’ भने पनि हामी त्यसरी पैसा उठाएर लैजाने खालका होइनौँ। तपाईंलाई पैसा दिनै मन थियो भने हातमा दिए पनि हुन्थ्यो नि। त्यसरी पैसा फ्याँकेर अपमान गर्नुपर्ने थिएन।”

साथै उनले उक्त गाडी आफ्नो नभएको पनि प्रष्ट पारेका छन्।

> “त्यो गाडी मेरो होइन, साथीको हो। हामी ड्राइभर पेसामा लागेपछि साथीभाइ त भइहाल्छन् नि। गाडी साथीको हो, मेरो होइन। त्यो गाडीको स्टाफ पनि त्यहाँ हुनुहुन्थ्यो कि भन्ने लागेर मैले खोजेँ, तर कतै देखिनँ। नदेखेपछि यो गाडी कसको हो भनेर खोजिरहेको थिएँ। त्यही क्रममा उहाँ त्यहाँ आउनुभयो र त्यसपछि त्यो घटना भयो।”

यसअघि सांसद आशिका तामाङले बिरामी पाठोलाई माइक्रोको छतमा बाँधेर लैजान लागेको देखेपछि त्यसलाई तल झार्न आग्रह गर्नुभएको थियो। उक्त घटनाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा दुई थरी प्रतिक्रिया आइरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]

  दाङ । घोराहीमा आयोजित एक कार्यक्रमका बीच संघले उनीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै सांसदद्वयले दाङ जिल्लाको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीका समस्या र निजी क्षेत्रको प्रवर्द्धनका लागि आफूले संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नवनिर्वाचित सांसदहरुलाई […]