०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

३ जना डीआईजीहरु एआईजीमा बढुवाको चर्चा १ सिंह २ लामा ३ धानुक रहेका छ्न

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीको डिआइजीहरुको एआइजीको बढुवा चलिरहेका बेला सक्षम,वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुपर्ने सुझाव सरकारलाई आएको छ ।

प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवाका लागि अन्तिम तयारी भएको छ । एआईजी थप गर्ने गृह मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले समेत स्वीकृत गरिसकेको छ ।

जुरियर डिआईजीलाई बढुवाका लागि माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अनुचित दवाव दिएका कारण ढिलाई भएको उच्च स्रोतले जनाएको छ ।

अर्थमन्त्री शर्माले डिआईजी रविन्द्र धानुकलाई काखी च्यापरेर बोकेका छन् । डिआईजीबाट एआईजीमा बढुवाको तयारी भइरहेका बेला प्रहरीका वरिष्ठ, काबिल, सक्षम, इमान्दार डीआईजीलाई समावेशिताका आधारमा बढुवा गर्नुपर्ने माग उठेको हो । एसएसपीबाट डीआईजीमा बढुवा हुँदा धिरजप्रताप सिंह पहिलो नम्बरमा बढुवा भएका थिए ।

दोस्रोमा बसन्त लामा, तेस्रोमा रविन्द्रबहादुर धानुक, चौथोमा उत्तम सुवेदी र पाँचौँ नम्बरमा अरुण बिसीको बढुवा भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले तीन जना डिआईजीमध्यबाट बढुवा गर्दा वरीयता र समावेशितालाई समेत ध्यान दिएर बढुवा गर्ने हो भने पहिलो नम्बरमा धिरजप्रताप सिंह, दोस्रोमा बसन्त लामा र तेस्रोमा रविन्द्रबहादुर धानुकको बढुवा गर्नुपर्छ । यसरी बढुवा गर्दा वरिष्ठता पनि नमिचिने र समावेशिता पनि हुनेछ ।

प्रहरीभित्रको चेनअफ कमाण्ड पनि बच्नेछ । अन्यथा बढुवाका लागि चर्चामा आएका तीन डिआईजीको मात्र बढुवा हुने हो भने ती सबै क्षेत्री बाहुन मात्र हुनेछन् । समावेशिता हुनेछैन ।

कांग्रेस नेतृत्वको सरकारले सबैलाई मिलाएर वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुनै वैज्ञानिक हुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई सुझाव दिइएको छ । मिडिया-डबलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]