२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङको तुलसीपुरमा रानी केकसंगै राजा मःम आहा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८


(नवराज राना मगर)
प्युठान । आहा अभियान तुलसीपुरले सामाजिक कार्यसंगै युवालाई उद्यममा जोड्न थालेको छ । अभियानले बिहिबारदेखि तुलसीपुरमा राजा मःम सञ्चालनमा ल्याएको छ । अभियानका युवाहरु कोही पनि बेरोजगार नहोउन् भन्ने उद्देश्य अनुरुप युवा तुफान ओलीसहितले करिव ६ लाखको संयुक्त लागतमा राजा मःम सञ्चालनमा ल्याएका हुन् ।
अभियानको साझेदारीमा तुलसीपुर सञ्चालनमा आएको राजामा विभिन्न परिकारका मःम सुपथ मुल्यमा उपलब्ध गराउने अभियानका संयोजक दिपक काफ्लले बताएका हुन । उनका अनुसार फेसबुकबाट पनि ममको अर्डर दिन सकिने भएको छ । अर्डर दिएको करिब १० मिनेटमा सेवा उपलब्ध गराउने उनले बताए।
ब्यबसायको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्घाटन गरेका हुन । उनले अभियानले थालेको युवा रोजगार लक्षित कार्यक्रम सञ्चालन गरेकोमा कामको प्रशंसा गरेका छन ।
हाल अभियानमा संलग्न युवाको सक्रियतामा भट्टराई बाजेको पेडा घर, रानी केक लगाएतका ब्यवसाय सञ्चालित छन् । राजा मःमले २ जनालाई रोजगारमा समेत जोडेको अभियान संयोजक काफ्लेले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।