२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सशस्त्र प्रहरीमा चलखेलको कारण विभिन्न पदको बढुवा अलपत्र

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । लामो समयदेखि सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया अघि बढेपनि फेरि अवरुद्ध हुन पुगेको छ । चलखेलका कारण बढुवा समितिको बैठक नै बस्न सकेको छैन ।

बढुवाका लागि अस्पतालतर्फ रिक्त चार डिएसपीको पदमा सूचना प्रकाशन भएको एक महिना भइकसकेको छ । तर, बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । रिक्त पदमा एमडी गरेका चिकित्सक बढुवाका दाबेदार हुन् । तर, नर्स लगायत अन्यलाई सो पदमा बढुवा हुने दौडधुपमा लागेपछि निर्णय हुन सकेको छैन ।
चिकित्सक र नर्सको ज्येष्ठतालाई कुन आधारमा मूल्याङकन गर्ने भन्ने सिष्टम छैन । नेपाली सेनामा चिकित्सकको चार वर्ष बराबर नर्स तथा अन्य स्टाफको चार वर्ष हुने प्रावधान छ । सशस्त्रमा यससम्बन्धि प्रष्ट नियमावली नहुँदा बढुवामा विवाद भएको हो । यस्ता विवादमा सशस्त्र प्रहरी महानिरीक्षकले कमाण्ड राम्रोसँग गर्न नसक्दा पनि बढुवा रोकिएको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।

त्यस्तै, प्रशासनतर्फ इन्सपेक्टरबाट डिएसपी बढुवाको लागि पनि बैठक बस्न सकेको छैन । तीन साताअघि नै डिएसपी बढुवाका लागि सूचना प्रकाशन भएको थियो । सशस्त्रमा डिएसपीका ५७ पद रिक्त छन् । जसमा सिंस ६ का टोली बढुवाका प्रतिस्पर्धी हुन् । २०६२ सालमा भर्ना भएका इन्सपेक्टरहरु बल्ल बढुवा हुन लागेका थिए । तर, चलखेलले निर्णय हुन सकेको छैन । त्यस्तै, लेखा र कानूनको डिएसपी रिक्त पदमा बढुवा प्रक्रिया पनि अवरुद्ध बन्न पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!