२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरीका १८ जना एसपीको सरुवा

Logo
प्रकाशित सोमबार, फाल्गुण ०९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । आइतबार प्रहरी प्रधान कार्यालयले १८ एसपीको सरुवा निकालेको केही समयमै सरुवा संशोधन गरेको छ । सरुवामा सात जिल्लाका एसपी फेरिएकोमा गुल्मीको एसपीमा हेरफेर भएको हो ।

सुरुमा गुल्मीमा दीपक कुमार बस्नेतलाई पठाइएको थियो । तर, एकैछिनमा संशोधन गरी एसपी भिम दाहाललाई गुल्मीमा पठाइएको थियो । एसपी बस्नेत यसअघि पनि गुल्मी बसेको खुलेपछि सरुवा सूची संशोधन गरिएको हो ।यसरी सरुवा संशोधन गरिएपछि सरुवाको सूची नै प्रमुख मुख्यालयले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन । तर, यससम्बन्धि परिपत्र भने भइसकेको छ ।

सरुवामा जिल्ला इन्चार्ज पाउनेहरुमा बदनामहरु छन् । बाग्लुङमा दयानिधी ज्ञवालीलाई पठाइएको छ । उनी यसअघि घुसकाण्डमा परेका थिए । त्यस्तै बाग्लुङबाट गत वर्ष कारबाही स्वरुप हटाइएका शारदा चौधरीलाई डोटी पठाइएको छ ।
गोरखा पठाइएका एसपी केदार खनाल पनि पटक पटक कारबाहीमा परेका थिए । कीर्तिपुर वृत्तको डिएसपी हुँदा कार्यालयमै मदिरा पिएको खुलेपछि तत्कालिन एसएसपी रमेश खरेलले उनलाई पक्राउ गरेर थुनेका थिए ।

धनकुटा पठाइएका लक्ष्मीराज अधिकारी कार्यक्षमतामा कमजोर मानिन्छन् । सिन्धुली पठाइएका विमलराज कँडेल पनि पटक पटक कारबाही भोगेका अधिकृत हुन् । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देही सरुवा गरिएका रबिन्द्र रेग्मी तुलनात्मक रुपमा व्यवसायिक मानिन्छन् । गृह जिल्ला भएकाले दबाब थेगेर काम गर्न उनलाई समस्या हुनसक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!