
ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलस्थित एन्जल्स हाई स्क्ुलका शिक्षक सञ्जय जयसवाल बलात्कारको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, शिक्षक जयसवाल सोही स्कुलमा अध्ययनरत १५ वर्षिय छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका हुन । उनलाई बाँके प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । बलात्कार पीडित छात्राले दिएको जाहेरीमा शिक्षक जयसवालले माघ २५ गते बेलुका साढे ७ बजे कोचिङ सेन्टरमा अन्य विद्यार्थी उपस्थित हुनुअगावै छात्रामाथि बलात्कार प्रयास गरेको उल्लेख छ ।
बलात्कारको प्रयास २५ गते भएतपनि पिडित छात्राले गत माघ २८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षक जयसवालका नाममा जाहेरी दर्ता गराएकी छिन ।
पिडितले आफुमाथि बलात्कारको प्रयास गरेको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएस्पी न्यौपानेले बताए ।
छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाइएको उनले बताए ।
पक्राउ परेका शिक्षक जयसवालले छात्राको गालामा किस खाएको र संवेदनशील अंगमा छोएको समेत स्वीकारिसकेको प्रहरीले जनाएको छ ।
शिक्षकले यसअघि पनि पढाउने बहानामा पटक पटक अश्लिल ब्यवहार गर्ने र शरिर छुने सुमसुम्याउने गरेको पिडित छात्राले बयानमा बताएकी छिन ।