०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

वैशाख ३० गते स्थानीय निर्वाचनको लागि फागुनमा म्यादी प्रहरी भर्ना खुल्दै

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरिसकेको डीआईजी धानुकले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ । स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ । आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने कार्यालयले जनाएको छ ।

भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ ।

गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । योपटक एकैचरणमा हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो । निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।

को–को म्यादी प्रहरी हुन पाउँछन् ?
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!