०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

पल शाहविरुद्ध समिक्षाले प्रहरीमा दिइन् जाहेरी प्रमाणिात भए १० बर्ष जेल हुने

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

(ABC-Sanchar)
काठमाडौं । मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा जाहेरी दिएकी छन्।

जबर्जस्ती करणी मुद्दामा गायिका अधिकारीले शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दिएकी हुन।

आज दिदी र भिनाजुसहित प्रहरी कार्यालय पुगेर समिक्षाले निवेदन दिएको प्रहरीले जनाएको छ।

नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जर्बजस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लगाइएको छ।

१८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

केही समयअघि जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिन पुगेकी समीक्षालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन रोकेका थिए।

पोखरा प्रहरीले पनि आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै तनहुँमै उजुरी दिन सुझाव दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!