१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

पल शाहविरुद्ध समिक्षाले प्रहरीमा दिइन् जाहेरी प्रमाणिात भए १० बर्ष जेल हुने

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

(ABC-Sanchar)
काठमाडौं । मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा जाहेरी दिएकी छन्।

जबर्जस्ती करणी मुद्दामा गायिका अधिकारीले शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दिएकी हुन।

आज दिदी र भिनाजुसहित प्रहरी कार्यालय पुगेर समिक्षाले निवेदन दिएको प्रहरीले जनाएको छ।

नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जर्बजस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लगाइएको छ।

१८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

केही समयअघि जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिन पुगेकी समीक्षालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन रोकेका थिए।

पोखरा प्रहरीले पनि आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै तनहुँमै उजुरी दिन सुझाव दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!