१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

डिआइजीको ठाँउमा एसएसपीलाई प्रदेश इन्चार्जमा पठाउने मन्त्रिपरिषद्को तयारी

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । लामो प्रयासपछि मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा एआइजीको दरबन्दी त थप ग¥यो, तर एक सातासम्म पनि त्यसको आधिकारीक जानकारी अझै प्रहरी प्रधान कार्यालय पुगेको छैन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा त्यससम्बन्धि निर्णय समाबेश नगरेपछि प्रहरीमा संशय बढेको छ । तीन एआइजीको दरबन्दी थप गरेको बताइएपनि निर्णय प्रमाणिकरण भएर आउँदा संख्या बढ्न सक्ने बताइएको छ ।

दरबन्दी थपको निर्णयले एआइजी बढुवाका आकांक्षी डिआइजीहरुको दौडधुप त बढेको छ नै, साथै एसएसपीहरुको पनि चासो बढेको छ । एआइजी बढुवासँगै डिआइजीको पनि दरबन्दी खाली हुने भएकाले त्यसमा बढुवाका लागि झन् कडा प्रतिस्पर्धा हुने अवस्था छ ।

एआइजीको तीन पदमा एक दर्जन डिआइजीबीच प्रतिस्पर्धा हुनेछ भने डिआइजीमा त तीन दर्जन एसएसपीबीच छान्नुपर्ने अवस्था छ । त्यसकारण एसएसपी बढुवा भने तत्काल हुने सम्भावना कम रहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

१०८ को टोलीका एसएसपीहरु बढुवाका प्रमुख दाबेदार छन् । त्यो ब्याचका सबैजसो पहुँचवाला समेत भएकाले तीन जना मात्र बढुवा हुने अवस्था छैन । डिआइजीको दरबन्दी थप भएन भने बैशाखमा मात्र बढुवा गर्ने सरकारको रणनीति छ ।
बढुवा गर्नुभन्दा उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना छ । आगामी स्थानीय तहको चुनावको बेला बढुवामा प्रमुख दाबेदार हुने एसएसपीलाई नै प्रदेश इन्चार्जका रुपमा पठाउने सम्भावना समेत रहेको स्रोत बताउँछ । हालका सात प्रदेशका प्रमुखमध्ये ५ जनाले आगामी बैशाखमा अवकाश पाउँदैछन् । त्यसकारण चैतमा नै प्रदेशमा एसएसपीलाई इन्चार्जका रुपमा खटाउनेबारे समेत गृह मन्त्रालयमा छलफल भएको छ ।

प्रदेशमा कार्यरतमध्ये मधेसका उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर र सुदुरपश्चिममा पुरुषोत्तम कँडेलले अवकाश पाउँदैछन् । चुनावको एक साताअघि प्रदेश इन्चार्ज सरुवा गर्दा समस्या हुने भएकाले एक महिनाअघि नै इन्चार्ज हेरफेर हुने सम्भावना रहेको स्रोत बताउँछ । त्यो अवस्थामा एसएसपीहरु कायममुकायम भएर प्रदेश प्रहरीको नेतृत् वगर्नेछन् ।

एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर तथा भिमप्रसाद ढकाल बढुवाका प्रमुख दाबेदार हुन् । त्यसकारण उनीहरुमध्ये सात जना प्रदेश जाने सम्भावना रहेको बताइन्छ ।
यो भन्दा सिनियर ब्याचका पाँच जना एसएसपी छन् । उनीहरु बढुवाका स्वभाविक दाबेदार हुन् । डिआइजीका पद रिक्त राखेर्र अवकाश दिनुभन्दा रिक्त हुने पदमा उनीहरुको बढुवा गर्दा विवाद पनि नहुने र उनीहरुलाई न्याय पनि हुने कतिपय प्रहरी अधिकारीको राय छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!