
ABC (क्राईमबिट)
बाँके । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं.४ को ४० वर्षिय विरेन्द« हमाल, सोही ठाउँ बस्ने ३८ वर्षकी दिपा बुढा र जिल्ला जाजरकोट शिवलय गाउँपालिका वडा नं.२ को २३ वर्षकी खीमा खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई नेपालगन्ज १५ जमुनाहा नाका चेक पोइन्ट स्थित नेपालबाट भारततर्फ जानेक्रममा शँकाका आधारमा चेकजाँच गर्दा अन्दाजी ३ किलो चेरश फेला पारी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध नियन्त्रण व्युरो नेपालगन्ज बाँकेको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धन भइरहेको जनाएको छ ।