१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

चितवनमा एसपी अधिकारी आएदेखि करोडौं रुपैयाँ अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८


ABC (क्राईमबिट)
चितवन । प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका बिषयमा छानबिन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले इलाका प्रहरी कार्यालय खैरेनीका इन्चार्ज प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा रहेको टोलीले विशेष सूचनाका आधारमा ट्रक चालकसहित नियन्त्रणमा लिएको बताए ।

चितवन प्रहरीका अनुसार ना ६ ग ११३, ना ६ ग ११६६, ना ६ ग ५०६१ र ना ७ ह ९२३४ नम्बरका ट्रकमा अवैध सामाग्री तस्करी भइरहेको हो । प्रहरीले भन्सार भुक्तान नगरेका र बिल बिजक नभएका सामाग्रीको मूल्याँकन गरिरहेको एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!