१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

नेपाल वायु सेवा निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापा निलम्बित

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८


(ABC-Sanchar)
काठमाडौँ । नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ । छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए । निगमले क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ ।

निगमको ढल्(ब्ीथ्, ब्ष्चदगक ३३० जहाज दोहा उड्ने क्रममा गत फागुन ९ गते जहाजको ढोकामा बोर्डिङपास र सुरक्षा चेकजाँचबिनाका शंकास्पद व्यक्ति भेटिएका थिए । गत सोमबार ९९फागुन० राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा एक शंकास्पद व्यक्ति विना बोर्डिङपास भेटिएका थिए ।

शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागेका थिए । ती व्यक्ति रौतहटका १८ वर्षीय हस्पम आलम रहेको निगमले जनाएको छ । उनी मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!