१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

धनुषामा इन्स्पेक्टर यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको आरोप

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८


ABC (क्राईमबिट)
जनकपुरधाम । धनुषामा प्रहरीले आफ्नै महिला सहकर्मीसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको छ ।

जिल्लाको महेन्द्रअंगरस्थित इलाका प्रहरी कार्यालयमा कार्यकर्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) बेचन यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको पाइएको हो ।

जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ ।

सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।

जानकी मेडिकलमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक-पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।

यता, इन्स्पेक्टर यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनले घटनाको छानबिन पश्चात मात्र सत्य तथ्य भन्न सकिने बताए । ई-कान्तिपुरबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

error: Content is protected !!