१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

नेपाल प्रहरीको ६८ जना कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिममा प्राप्त गरेको ज्ञान सीपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिँदै आफ्नो आचरण र व्यवहारमा समेत सुधार गरी जनमुखी सेवा प्रदान गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २५ गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ६२ जना गरी जम्मा ६८ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

error: Content is protected !!