०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

बाँकेमा ५ जनाको ज्यान लिने नरभक्षी पाटेबाघ चितवन राष्ट्रिय निकुञ्जमा ल्याइयो

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८


(सागर थापा)
चितवन । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो ।

विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ ।” कसरामा राखिएको बाघलाई दिनमा चारदेखि छ किलोसम्म राँगाको मासु दिइन्छ ।

कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ । खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिनुभयो । गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो ।

सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो । यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते हुनुभएको थियो । उहाँ सामान्य उपचारपछि घर फर्किनुभएको थियो ।त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते हुनुभयो । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो । राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो । बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (पाडो) राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहितको जनशक्ति परिचालित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । भारतको हरियाणा राज्यमा आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर बसमा आगजनी भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेपछि गाउँलेले बसको झ्यालका सिसा फुटाएर यात्रुलाई बचाएका थिए । बसमा झन्डै ६० जना सवार थिए । एजेन्सी

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई तालुक प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ मिति २०८१/०१/२८ गतेको पत्र बमोजिम यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भई जान लाग्नु भएका […]

(ABC-Sanchar) काठमाडौं । फिल्म ‘बोक्सीको घर’को सफलतापछि यसकी निर्माता एवं मुख्य कलाकार केकी अधिकारी अहिले चर्चामा छिन् । फिल्म उद्योगमा झन्डै १५ वर्ष बिताएकी केकीसँग यो फिल्म निर्माण, सफलता, नेपाली समाजमा महिला र फिल्म उद्योगमा लैंगिक असमानता लगायत विषयमा गरेको कुराकानी : ‘बोक्सीको घर’ नाटकलाई फिल्म बनाउने कुरा कसरी सुरु भएको थियो ? कोभिडको पहिलो […]