०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

काठमाडौं विमानस्थलबाट १५ लाख ९० हजार जापनिज येनसहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

(ABC-SANCHAR)
काठमाडौं । अवैध रूपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका-६, पालिचौर स्थायी वतन भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् ।

सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा निजले बोकी ल्याएको झोलाभित्र खाममा राखेको उक्त जापानी येन फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । भारतको हरियाणा राज्यमा आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर बसमा आगजनी भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेपछि गाउँलेले बसको झ्यालका सिसा फुटाएर यात्रुलाई बचाएका थिए । बसमा झन्डै ६० जना सवार थिए । एजेन्सी

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई तालुक प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ मिति २०८१/०१/२८ गतेको पत्र बमोजिम यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भई जान लाग्नु भएका […]

(ABC-Sanchar) काठमाडौं । फिल्म ‘बोक्सीको घर’को सफलतापछि यसकी निर्माता एवं मुख्य कलाकार केकी अधिकारी अहिले चर्चामा छिन् । फिल्म उद्योगमा झन्डै १५ वर्ष बिताएकी केकीसँग यो फिल्म निर्माण, सफलता, नेपाली समाजमा महिला र फिल्म उद्योगमा लैंगिक असमानता लगायत विषयमा गरेको कुराकानी : ‘बोक्सीको घर’ नाटकलाई फिल्म बनाउने कुरा कसरी सुरु भएको थियो ? कोभिडको पहिलो […]