०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

करेन्ट लागेर तनहुँमा १ वडा सदस्यको मृत्यु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

(ABC-SANCHAR)
तनहुँ । करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए । नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो’, उनले भने, ‘यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइरहेकालाई पनि खोप लगाउनुपर्छ ।’ पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४८ […]

(ABC-Sanchar) काठमाडौं । भारतको हरियाणा राज्यमा आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर बसमा आगजनी भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेपछि गाउँलेले बसको झ्यालका सिसा फुटाएर यात्रुलाई बचाएका थिए । बसमा झन्डै ६० जना सवार थिए । एजेन्सी

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई तालुक प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ मिति २०८१/०१/२८ गतेको पत्र बमोजिम यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भई जान लाग्नु भएका […]