ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज १ धम्बोजीस्थित सिटि प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।