२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

डिउटीमा रहेका प्रहरी जवानले बोकेको बन्दुकले आफैले हाने पछी ?

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

ABC (क्राईमबिट) कैलाली । सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् । डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनको चिउडोमा गोली लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । ‘उनको अवस्था खतरामुक्त छ । किन आत्महत्याको प्रयास गरे त्यसबारेमा हामी बुझ्ने छौं,’ डिएसपी जोशीले भने, ‘ घरायसी हो कि विभागिय तनाव हो त्यसबारे अनुसन्धान गछौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!