२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पर्सामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीच पानी र चप्पलले हानाहान

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

(ABC-SANCHAR)
अध्यक्ष भन्छन्- ‘उहाँले चप्पलले हिर्काउनुभयो ।’ उपाध्यक्ष भन्छिन् – ‘मलाई कोठामा थुनेर कुटियो । उहाँले अपशब्द नबोलेको भए चप्पल उठ्दैनथ्यो ।’
वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।

अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् । जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए । ‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ अध्यक्षले भने, त्यसपछि मैले गाउँपालिका अध्यक्षसँग बोल्न तपाईँलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ । यदि समस्या छ भने सम्बन्धित निकायमा मुद्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हिकाइन्।’

अध्यक्षका अनुसार उपाध्यक्ष पहिले पनि अन्य विषयमा बढी रिसाउने गर्थिन् । तर फेरि शान्त भइहाल्थिन् । ‘आइतबार पानीको बोत्तल उठाएपछि मैले सोचें मजाक गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बोत्तलले हिर्काए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभद्र व्यवहार गरिन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!