१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

लमजुङमा किन लागेयो बिहानैदेखी अनिश्चितकालीन कर्फ्यू ?

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।
मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

error: Content is protected !!