२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पल शाहलाई वयानको लागि सरकारी वकिल कार्यालय नवलपरासीमा ल्याउदै

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई प्रहरीले हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो । उनले कालो रङको क्यापटोपी र मास्कसमेत लगाएका छन् ।

जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैंडाकोटको एक रिसोर्टमा राखेर शाहले आफूलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!