१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

पल शाहलाई वयानको लागि सरकारी वकिल कार्यालय नवलपरासीमा ल्याउदै

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई प्रहरीले हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो । उनले कालो रङको क्यापटोपी र मास्कसमेत लगाएका छन् ।

जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैंडाकोटको एक रिसोर्टमा राखेर शाहले आफूलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

error: Content is protected !!