०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

दुर्घटनामा परेका २ जना सिरहाका न्यायाधीश ललितपुरस्थित भेन्टिलेटरमा

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८


(ABC=SANCHAR)
काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ मा दुर्घटनामा परेर घाइते भएका सिराहा जिल्ला अदालतका न्यायाधीशको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो काठमाडौंबाट सिराहा जाँदै गरेका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया चढेको गाडी दुर्घटना भएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना.१ ज ६५०७ नम्बरको वींगर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना पछि दुवैजना न्यायाधीशलाई जनकपुरस्थित काव्या अस्पतालमा राखेर उपचार गरियो ।

मध्यान्ह ३ बजे न्यायाधीश उप्रेती र ५ बजे थपलियालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । दुवैजनाको अहिले मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । ओभरेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो । वींगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]