२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल बस्दै आएका वर्ष २१ का भक्तबहादुर थापाले वर्ष २४ की श्रीमती लक्ष्मी तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएका भक्तबहादुरले दाउले प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गएराति सामान्य घरायसी विवादका क्रममा भएको घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरुले लक्ष्मीलाई मृत घोषित गरेका उनले बताए ।

प्रहरीका अनुसार घटनापछि फरार भएका भक्तलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!