०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल बस्दै आएका वर्ष २१ का भक्तबहादुर थापाले वर्ष २४ की श्रीमती लक्ष्मी तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएका भक्तबहादुरले दाउले प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गएराति सामान्य घरायसी विवादका क्रममा भएको घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरुले लक्ष्मीलाई मृत घोषित गरेका उनले बताए ।

प्रहरीका अनुसार घटनापछि फरार भएका भक्तलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]