२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

चार जिल्लाका सीडीओको सरुवा

Logo
प्रकाशित बिहिबार, चैत्र १७, २०७८

ABC (Sanchar) गृह मन्त्रालयले चार जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ ।

 

कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!