२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

चार जिल्लाका सीडीओको सरुवा

Logo
प्रकाशित बिहिबार, चैत्र १७, २०७८

ABC (Sanchar) गृह मन्त्रालयले चार जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ ।

 

कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!