२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बाँकेमा मृतक मतदाताको नाम नामावलीबाट हटाइयो

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC ( Sanchar)              नेपालगञ्ज । जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।

यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ । “हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौँ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले भनिन् । उनले पालिकाले दिएको रेकर्डका आधारमा नै मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिइन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले केही पालिकाले मृत्यु भइसकेका व्यक्तिको विवरण निर्वाचन कार्यालयलाई नबुझाउँदा मतदाताको अन्तिम नामावलीमा मृत्यु भइसकेका व्यक्ति पनि समावेश भएका बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाबाट मात्रै विवरण आएको र पालिकाले पाँच वर्षमा मृत्यु भएका व्यक्तिको विवरण नै नपठाएपछि मतदाता नामावलीमा मृत्यु भइसकेका नाम उल्लेख भएको जानकारी दिए ।

सूचना अधिकारी पन्तले स्थानीय तहले पठाएको तीनपुस्ते विवरण र जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीसँग मेल खाएका आधारमा मृतक भनेर पहिचान गरी मतादाता नामावलीबाट नाम हटाइने काम भएको बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!