२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नाइट्रोभेटस र खैरो हेरोइनसहित तीनजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC ( Sanchar)
ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोस्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाइट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ रहेका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र।३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ बर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० बर्षीया आयुषा ठकुरी रहेका छन् । प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!