२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

म्यादी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवालाई पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar)                                          म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवालाई पक्राउ जनकपुरधाम । म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

सो आरोपमा चन्द्रनगर गाउँपालिका– ७ का ३१ वर्षीय दीपेन्द्र चौधरी पक्राउ परेका हुन् । उनीमाथि सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोप छ । सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार चौधरीले म्यादी प्रहरी भर्ना छनोट स्थलमै पाँच हजार/सात हजार रकम लिएर भर्ना गराइदिने भन्दै आएका थिए ।

विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!