११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

म्यादी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवालाई पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar)                                          म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवालाई पक्राउ जनकपुरधाम । म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

सो आरोपमा चन्द्रनगर गाउँपालिका– ७ का ३१ वर्षीय दीपेन्द्र चौधरी पक्राउ परेका हुन् । उनीमाथि सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोप छ । सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार चौधरीले म्यादी प्रहरी भर्ना छनोट स्थलमै पाँच हजार/सात हजार रकम लिएर भर्ना गराइदिने भन्दै आएका थिए ।

विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!