०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

म्यादी प्रहरीको छनौटमा एक किलोको ढक राख्ने युवक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar) कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्‍याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।

उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरी ले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहको छ। कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जसमा १४५४ महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]