०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

शिक्षक महासंघको बिज्ञप्ती प्रति एमालेको ध्यानाकर्षण

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

(ABC=SANCHAR)
प्यूठान । जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको बिषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको बिज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै उक्त बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। गाउँपालिकाका अध्यक्ष सुनिल शाही (लेकाली)द्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेकपा (एमाले) मल्लरानी गाउँपालिका सचिव नोमराज पौडेललाई जोडेर नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका समितीले निकालेको बिज्ञप्ती प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
पार्टीका सचिव नोमराज पौडेलले आफ्नो स्थानिय बिद्यालयको बिषयमा प्रधानाध्यापकका कारण सिर्जना भएको समस्याको बिषयमा सामाजिक सञ्जालमा राख्नु ,मिडियामा आउनु स्वभाविक भएको बताएको छ।
विद्यालयको प्रधानाध्यापकले विधि र पद्धति नै मिचेर पार्टीको कार्यक्रता बनेर बिद्यालय चलाएको बिषय त्यहाँको घटनाक्रमबाट पुष्टि हुने भन्दै शिक्षक महासंघले शिक्षकलाई समस्या समाधानमा सुझाव दिनुको साटो ढाकछोप गरि बिज्ञप्ती निकालेर बिद्यालयको समस्यालाई जटिल बनाउने बातावरण सिर्जना गरेको आरोप लगाएको छ।
शिक्षा क्षेत्रमा रहेका ३ जना बिज्ञहरुले नतिजा प्रकाशन गरि कार्यालय सहयोगी पदमा सिफारिस भई सुचना पार्टीमा सुचना टाँस गरि दैनिक रुपमा विद्यालयमा गएका कार्यालय सहयोगीको बिषयमा शिक्षक महासंघ नबोल्नु निकै पुर्वाग्रहपुर्ण र गम्भिर बिषय भएको बिज्ञप्तीमा उल्लेख छ।
विद्यालय सहयोगी जस्तो सवेदनशिल पदमा महिनौं विबाद प्रधानाध्यापकले गरेर सफल उम्मेद्वारलाई हाजिर नगराई अमानविय ब्यवहार प्रकट गरेको बिज्ञप्ती मार्फत ठहर गरेको छ।
विद्यालयको सामाजिक परिक्षण तथा लेखा परिक्षण गर्न गराउन नसक्नु ,प्रधानाध्यापक भएको करिव १ बर्ष सम्म बंैंक खाता बदल्न नसक्नु , ३ जना छनौट समितिले नतिजा प्रकाशन गर्दा प्रधानाध्यापकले हस्ताक्षर नगर्नु, अध्यक्षको अपमान गर्नु, अध्यक्षको निर्देशन नमान्नु , अभिभावक भेला नबोलाउनु, बालबालिकालाई कार्यालय सहयोगीले गर्नुपर्ने काम लगाउनु र गैर जिम्मेवारीपुर्ण ब्यवहार प्रकट गरेर असक्षमता प्रकट गरेकोले राजिनामा समेत मागेको छ।
बिज्ञप्तीको पुर्ण पाठ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!