०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

काठमाडौं प्रहरीले नक्कली नम्बर प्लेटको ७ वटा बुलेट मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीले भन्सार छलि चोरी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्बर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ ।

भारतीय नाकाबाट बिभिन्न मोटरसाइकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोबार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाईकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।

सस्तोमा मोटरसाईकल बिक्रि गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाईकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोईरालाले बताए । नेपालमा बिक्रिबितरण नै नभएका करिब पाँच लाख पर्ने वुलेटका नयाँ मोडलहरु नेपालको नम्वर प्लेटमा दुई लाख रुपैयाँसम्ममा बिक्रि गर्न खोजिएको उनले जानकारी दिए ।

बरामद भएका करिब २१ लाख मुल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाइकलहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!