०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

ए मेरो हजुर ४ टिमले बिबादीत दुर्गेशलाई हटायो जी–बब इनलाई राखियो

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

(ABC=SANCHAR)
काठमाडौं । पछिल्लो समय दुर्गेश थापाको समय ठीकठाक छैन । गीत गाउँन नआउने गायक भनेर लामो समय आलोचना खेपेका दुर्गेश पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा मुछिए । त्यस यता अभिनेता शाहको फ्यानको निशानामा परेका दुर्गेशलाई ‘ए मेरो हजुर ४’ टिमले स्क्रिन स्पेस नदिने भएको छ । प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’ बाट उनले पहिला नै गायकको रुपमा हात झिक्नु परेको थियो ।

एक टिभी अन्तर्वार्तामा गीत गाउन नसक्दा मात्र होइन, गायक नचिन्दा कडा आलोचना खेपेपछि स्वर हटाउने निर्णय गरेको ‘ए मेरो हजुर ४’ टिमले अभिनेता शाह प्रकरण पश्चात उक्त गीतको दृश्यबाट समेत हटाएको छ । निर्माण टिमले सम्भावित विवादलाई मध्ये नजर गर्दै दुर्गेश थापा देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

यसका साथै निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ ।

आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]