२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

ए मेरो हजुर ४ टिमले बिबादीत दुर्गेशलाई हटायो जी–बब इनलाई राखियो

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

(ABC=SANCHAR)
काठमाडौं । पछिल्लो समय दुर्गेश थापाको समय ठीकठाक छैन । गीत गाउँन नआउने गायक भनेर लामो समय आलोचना खेपेका दुर्गेश पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा मुछिए । त्यस यता अभिनेता शाहको फ्यानको निशानामा परेका दुर्गेशलाई ‘ए मेरो हजुर ४’ टिमले स्क्रिन स्पेस नदिने भएको छ । प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’ बाट उनले पहिला नै गायकको रुपमा हात झिक्नु परेको थियो ।

एक टिभी अन्तर्वार्तामा गीत गाउन नसक्दा मात्र होइन, गायक नचिन्दा कडा आलोचना खेपेपछि स्वर हटाउने निर्णय गरेको ‘ए मेरो हजुर ४’ टिमले अभिनेता शाह प्रकरण पश्चात उक्त गीतको दृश्यबाट समेत हटाएको छ । निर्माण टिमले सम्भावित विवादलाई मध्ये नजर गर्दै दुर्गेश थापा देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

यसका साथै निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ ।

आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

error: Content is protected !!