२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नागरिकको सुरक्षानै प्रहरीको पहिलो प्राथमिकता हो कोहलपुर डिएसपी:मल्ल

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८


(सागर थापा)
बाँके । शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भएको छ ।

कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताए । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा एबिसी संचार संगको कुराकानीमा बिहीबार कोहलपुर प्रहरी प्रमुख डिएसपी मल्लले प्रहरी संगठन भएको र विधिको शासनमा चल्ने भएकाले कसैको दवाव र प्रभावमा नपर्ने बताउनुभयो । नागरिकको सुरक्षा र समाजमा अमनचयन प्रहरीको पहिलो प्राथामिकता भएको उहाँले बताउनुभयो ।
अहिले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सवैको ध्यान यसबाट जोगिन र सुरक्षित रहनतर्फ रहेको भन्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रहरीहरु शान्ति सुरक्षामा तैनाथ राखेको र यस बीचमा प्रहरीबाट मानवअधिकार हनन हुने खालका घटना घट्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई गल्ती नगर्न निर्देशन दिइसकेको बताउनु भएका प्रहरी प्रमुख डिएसपी मल्लले गल्ती गर्ने प्रहरीलाई पनि कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरमा भर्खरै मात्रै सरुवा भएर आउनुभएका डिएसपी मल्ल सिआइबी अनुसन्धान ब्युरो र वडा प्रहरी कार्यालय नेपालगन्जमा समेत शान्ति सुरक्षामा अब्बल काम गरिसकेकाले आफ्नो ईलाका एरिया क्षेत्रको विकृति विसंगति न्युनीकरण अपराधिक क्रियाकलपाप न्युनीकरणमा जिल्लाका राजनीतिक दल, नागरिक समाज एवं सवैसंग यो मिडिया मार्फत आग्रह गर्नुभयो । नागरिकको सहयोगमा प्रहरी संगठन नै सफल हुने र प्रहरी सफल भएमा मात्र नागरिकले शान्ति सुरक्षा र अमनचयन अनुभूति गर्न पाउने भएकाले उहाँले सवैसंग सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ ।

अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सतक भएर लागिपर्ने बताउनुभयो । विकासमा कसैले पनि अवरोध पु¥याउन नहुने र विकासका कामलाई अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही हुने डिएसपी मल्लले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

error: Content is protected !!