२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

भन्सार पत्रबिनै छुटेको ट्रक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

ABC ( Sanchar)
सशस्त्र प्रहरीले पर्साबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

भन्सार प्रज्ञापन पत्रबिनै मालसामान ढुवानी गरेको पाइएपछि प्रहरीले वीरगञ्व-१५ बाट ना३ख ६९९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय र १३ नम्बर गण मुख्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार बिहान ५ बजे ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा २८ लाख ४२ हजार ४३२ रुपैयाँ मूल्य बराबरको इलेक्ट्रोनिक्स, मोटर पार्टस्, हार्डवेयर तथा किराना सामान थियो।ट्रक वीरगञ्जबाट पथलैया गइरहेको थियो। नियन्त्रणमा लिइएको ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

error: Content is protected !!