०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

नेपालगञ्जमा आईतबार गयराति कारको ठक्करबाट ३ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

(ABC=SANCHAR)
बाँके । नेपालगन्ज बिपि चोक नजिकै आइतबार राती प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका– ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । अस्पताल पु¥याएको १५ मिनेट पछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]