२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सशस्त्र प्रहरी आईजिपी शैलेन्द्र खनालको बिदाई अब को बन्ने होइन नयाँ आईजिपी

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा चैत्र २८ गते आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्नुहुँदै हार्दिक बिदाई गर्नुभएको हो ।

यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाललाई सो संघकी उपाध्यक्ष श्रीमती ज्योती के.सी.ले फुलमालासहित हार्दिक बिदाई गर्नुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसैअवसरमा सांगठानिक बिकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयोे ।

सम्बोधनको क्रममा महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुती दिनुहुने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

उहाँले संगठन आजको यस स्थानमा आई पुग्नुमा संगठनका पूर्वज नेतृत्व, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको स्मरण गर्नुहँुदै सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो नियुक्तिका क्षेत्रहरुमा खटिई प्रदर्शन गरेको कार्यक्षमता, कर्तव्य परायणता तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा, उद्वारमा देखाएको पेशागत क्षमताको समेत मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको योगदानले सांगठानिक बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रीने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपद् विपत् पीडित नागरिकको उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा नेपाल एपीएफ अस्पताल मार्फत प्रदर्शन गरेको सेवा तथा समर्पणभावको समेत नेपाल सरकार तथा विभिन्न निकायबाट प्रशंसा भईरहेको उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!