२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar)                                       जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएको बताए । घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ । ‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ,ु डीएसपी चन्दले भने ।तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा खसेको स्थानीय लोकबहादुर दमाईले जानकारी दिए । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]