०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

पर्यटनमन्त्री सवार गाडी दुर्घटना

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) सवार गाडी बोलेरो गाडीसँग ठोक्किएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेनजिकै मन्त्री लामा चढेको कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडी भे १ २४७४ नम्बरको बोलेरो जीपसँग ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।मंगलबार दिउँसो मन्त्री लामा वीरेन्द्रनगर–१४ मा पर्ने स्टे भ्यालीभ्यू होटलमा आफ्नै मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जान लागेका थिए। त्यहीक्रममा विपरीत दिशाबाट आएको बोलेरो जीपसँग ठोक्किएको हो।

दुर्घटनामा मानवीय रूपमा कुनै चोटपटक लागेको छैन। ठक्कर दिने बोलेरो र त्यसका चालक प्रकाश अधिकारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।घटनापछि अर्को गाडीमा चढाएर मन्त्री लामालाई कार्यक्रमस्थल पठाइएको प्रहरीले जनाएको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]