१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

जेठ १ गते देखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतवार बिदा हुने

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९


(ABC=SANCHAR)
काठमाडौं । नेपाल सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे ९ बजे देखि बेलुका साढे ५ बजे सम्म हुने छ तर कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजे दे खि अपराह्न साढे ४ बजेसम्म हुने छ ।

२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र तिहार का सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुसार सेवा प्रवाह गराउनुपर्ने राजत्रमा उल्ले ख छ ।

सार्वजनिक समयमा से वा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने छन् । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूमा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खाने पानी अध्यागमनलगायतका छन् । समाचार गोरखापत्रबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!