२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जेठ १ गते देखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतवार बिदा हुने

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९


(ABC=SANCHAR)
काठमाडौं । नेपाल सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे ९ बजे देखि बेलुका साढे ५ बजे सम्म हुने छ तर कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजे दे खि अपराह्न साढे ४ बजेसम्म हुने छ ।

२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र तिहार का सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुसार सेवा प्रवाह गराउनुपर्ने राजत्रमा उल्ले ख छ ।

सार्वजनिक समयमा से वा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने छन् । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूमा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खाने पानी अध्यागमनलगायतका छन् । समाचार गोरखापत्रबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!