२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

प्रधानमन्त्री शेर बहादुर देउवाको भाइ प्रेम बहादुर देउवाको निधन

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौँमा उपचारका क्रममा निधन भएको छ ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय प्रेमबहादुर देउवाका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतले उनको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।प्रेमबहादुर देउवाको निधनमा काँग्रेसले दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]