२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

पक्राउ पूर्जीको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी घुमुवाहरुको टक्कर

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । पक्राउ पूर्जीको विषयलाई लिएर ६ वर्षअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संस्थागत विवाद चर्किएको थियो । सरकारले सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जीको अधिकार दिएपछि नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगायो । यो प्रकरण यति ठूलो बन्यो कि त्यतिबेला तत्कालिन महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र कोषराज वन्तबीच बोलचाल नै बन्द भएको थियो ।

अहिले पनि दुई सुरक्षा निकायबीच अधिकारक्षेत्रकै विषयमा सामान्य विवाद देखिएको छ । तर, नेतृत्व तहमा नभई तल्लो तहमा । मधेस प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाबीचको टक्करमा सशस्त्र प्रहरीका चार कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि समस्या देखिएको हो ।

गत वैशाख २४ गते नेपाल प्रहरीले बारामा दुई भारतीयलाई दुई वटा पेस्तोलसहित पक्राउ गरेको घटनामा सशस्त्र प्रहरीका चार कर्मचारीलाई समेत प्रतिवादी बनाएपछि विवाद भएको हो । प्रहरीले भारतीय नागरिकहरु अखिलेशकुमार सिंह र पप्पु यादवलाई सीमावर्ती सिम्रौनगढमा पक्राउ गरेको थियो । खासमा सशस्त्र प्रहरीका घुुमवाले आफुहरु खरिदकर्ता बनेर उनीहरुलाई पक्राउ गर्न खोजेका थिए । तर, सशस्त्रसम्म नपुग्दै नेपाल प्रहरीले नै बीचमा पक्राउ ग¥यो ।

सोधपुछ गर्ने क्रममा उनीहरुले आफुहरुले सो पेस्तोल दिन लागेका व्यक्तिहरुको नाम र नम्बर बताए । त्यसरी नाम बताइएका व्यक्ति कारोबारी नभई सशस्त्र प्रहरीका चार कर्मचारी दिए । छिन्नमस्ता बाहिनीबाट खटिएका बरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्न सागर झा र जवान सुनिलकुमार यादवविरुद्ध समेत पक्राउ पूर्जी जारी गरेपछि समस्या आएको हो ।सुरुमा यो विषयले दुई निकायबीच विवाद देखिएपनि दुई निकायका नेतृत्व र गृह मन्त्रालय मिलेर यो विषयलाई सुल्झाएका छन् । पक्राउ पूर्जी जारी गरिएका चार कर्मचारीको हकमा सरकारी वकिल कार्यालयले उपस्थिति गराई बयान गराएर हाजिरी जमानीमा छाडेको छ । उनीहरुको हकमा मुद्दा दायर नहुने सम्भावना छ ।

यो घटनामा मधेस प्रदेशका सशस्त्र प्रहरीका प्रमुख डिआइजी गणेश ठाडा मगर र बाराका एसपी दिलिपसिंह देउजाको प्रमुख कमजोरी देखिएको छ । डिआइजी मगरले काम देखाउनका लागि आफ्नो घुमुवालाई पेस्तोल समाउन दबाब दिएका थिए ।

सोही आधारमा भारतमा हतियार कारोबार गर्ने समूहलाई सम्पर्क गरी घुमुवाले आफैं कारोबारी बनेर हतियार मगाएका थिए । तर, पक्राउ परेका कारोबारीले घुमुवाको नाम पोलिदिए । यसमा प्रहरीसँग सहकार्य गरी वास्तविकता बुझाउन नसक्दा पक्राउ पूर्जी जारी भएको थियो । बाराका एसपी देउजा कार्यक्षमतामा निकै कमजोर मानिन्छन् । यती संवेदनशील विषयलाई उनले हलुका रुपमा विश्लेषण गर्दा पनि समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त प्रहरीका कोभर्ट अप्रेसनको विषयमा पटक पटक समस्या देखिदै आएको छ । ३८ सय केजी सुन तस्करी प्रकरणमा कोभर्ट अप्रेसनमा संलग्न प्रहरीलाई मुद्दा चलाएपछि यसको विवाद आएको थियो । अपराधीको सूचना पाउन उनीहरुसँगै संगत गर्नुपर्ने हुन्छ ।

तर, यसरी घुमुवाका रुपमा काम गर्ने प्रहरीलाई नियमन गर्ने बलियो प्रणाली नहुँदा विवाद पनि आउने गरेको छ । अझ दुई सुरक्षा निकायका जिम्मेवारीलाई प्रष्ट नबनाउँदा पनि बेला–बेला समस्या आउने गरेको छ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

error: Content is protected !!