११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बाँकेको धनौली प्रहरीले २ सय ५० किलो गाईको मासु सहित ५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

ABC (काईमबिट)
बाँके । प्रहरीले खजुरा क्षेत्रबाट ठूलो परिणाममा गाईको मासुसहित कारोबारीसमेत गरी पाँच जनालाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरी अनुसंन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउपालिका–६ बाट ५ वटा बोरामा राखेको अवस्थामा २ सय ५० किलो मासु र ३ जनालाई लियन्त्रणमा लिएको छ । भने अन्यदुई जनालाई खजुरा–८ बाट नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले खजुरा– ६ सिमलघारीमा ३ बजे बिहान भे १ ह ४८९३ अटोमा लेड गरेर ल्याउदै गरेको ५ बोरामा पचास–पचास किलोको २ सय ५० किलो मासु, सोही ठाउका ५५ वर्षिय मुक्ति कसाई, कैलाली टिकापुरका ५३ वर्षिय भिमराज चौधरी र पुरन सुनालाई नियन्त्रणमा लिएको बताए ।

कैलालीबाट चौधरी र सुनारले सो मासु लोड गरेर लैजाने उद्देश्यले सुदूरपश्चिम प्रदेश–०१–००१ च–२९५४ नंम्बरको डिफ्रिज जडित भ्यान लिएर आएको अवस्थामा प्रहरीेले नियन्त्रणमा लिएरको हो । प्रहरी निरिक्षक रेग्मीले गौबध गरी मासुको कारोबार हुने गरेको जानकारी आफुलाई आएपछि तीनवटा स्थानबाट निगरानी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बताए । उनले भने–‘ चौधरी र सुनारले मासु लोड गरेर लैजाने उद्देश्यले डिफ्रिज जडित भ्यान लिएर आएको भएपनि भ्यानमा मासु लोड नभएको अवस्थामा अटो मै नियन्त्रणमा लिन सफल भएका हौ । तर, अटो चालक भने फरार भयो, खोजीकार्य जारी छ ।’

प्रहरी निरिक्षक रेग्मीले खजुरा–८ रनियापुरबाट काटेको अवस्थामा र काट्नको लागि राखिएका गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको बताए । उनले भने–‘ रनियापुरमा केही काटिएको अवस्थामा केही काट्नको लागि तयारी गरेको अवस्थामा गोरुसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।’

उनले बरामद मासु रनियापुरमा काटेको हुनसक्ने आशंका व्यक्त गरे । प्रहरीले बरामद गरेको मासु १२ वटा गाई गोरु काटेर जम्मा गरिएको प्रारम्भिक अनुसंन्धानले जनाएको बताएको छ । काटेको स्थानमा केही गोरुको प्रजनन अंगहरु समेत भेटिएकोले गाई र गोरु दुबै काटिएको हुनसक्ने उनको दाबी छ ।

प्रहरीले रनियापुरबाट २ बजे बिहान ४० वर्षिय अकबल खाँ र ३५ वर्षिय सिराजुद्दिन खाँलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको स्थान वरिपरी काटिएका गोरुको अवशेषहरु फेलापारीएको प्रहरीको दाबी छ ।

यसैबीच गाईको मासु लोड गरी लैजान ल्याईएको भ्यानलाई सो घटनामा नजोडि जोगाउनको लागि प्रहरीलाई निक्कै दबावसंगै प्रलोभनमा पारिएको स्रोतले जनाएको छ । प्रहरीेले पनि मासु लोड नगरिएको भन्दै सुरुवाती चरण मै भ्यान छाड्न सक्ने संकेत दिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसूदन न्यौपानेले प्रहरीे सो घटनाको अत्यन्तै निकटबाट अनुसंन्धान सुरु गरेको दाबी गदै आफुहरुलाई कुनै पनि दबाब नभएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!