२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

स्वर्गीय राजा बिरेन्द्रको परिवारको सम्झनामा तुल्सीपुरमा दिप प्रज्वलन

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

(तेज वली)
दाङ । आज स्वर्गीय राजा बिरेन्द्र वीर बिक्रम शाह र उहाँको परिवारजनमा चिर शान्तिको कामना गर्दै एक कार्यक्रमका बिच तुलसीपुरको बिरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।उक्त दिप प्रज्वलन कार्यक्रममा राप्रपा नेताहरु ओज बहादुर खड्काको श्रद्धाञ्जली मन्तव्य बाट सुरु भएको कार्यक्रममा शिव सेना नेपालका नेता आशिताब लामिछाने,राप्रपा नेता लक्ष्यमन केसी,विद्यार्थी नेता जित ओली,मिडिया नेपालका प्रदेश अध्यक्ष तेज वली,राप्रपा निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसी र निवर्तमान केन्द्रिय कार्य सम्पादन सदस्य टोपबहादुर शाहले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।उक्त श्रद्धाञ्जली र दिप प्रज्वलन कार्यक्रममा बोल्दै निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसीले देशको प्रमुख ब्यक्ति अर्थात राजा बिरेन्द्र र उहाँको परिवारको सामुहिक हत्या भएको आज २१ वर्ष सम्म पनि राज्य मौन बस्नु रहस्यमय भएको भन्दै यस्तो सरकार र राज्यबाट आम नागरिक सुरक्षीत हुन नसक्ने टिप्पणी गर्दै छिमेकी जिल्ला नेपालगन्जमा स्वस्फूर्त जनताले स्वर्गीय राजपरिवारको सम्झनामा राखिएको कार्यक्रममा राज्यबाट भएको दमन र गिरफ्तारको घोर निन्दा गर्दै गिरफ्तार भएका राष्ट्रप्रेमी जनताहरुको बिना सर्त रिहाईको माग गर्दै स्व राजपरिवार प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्नुभएको थियो।उक्त कार्यक्रमको सन्चालन राप्रपा युवा नेता एवम् क्षेत्र न ३ का सचीव यम भण्डारीले गर्नुभएको थियो।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

error: Content is protected !!