२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

स्वर्गीय राजा बिरेन्द्रको परिवारको सम्झनामा तुल्सीपुरमा दिप प्रज्वलन

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

(तेज वली)
दाङ । आज स्वर्गीय राजा बिरेन्द्र वीर बिक्रम शाह र उहाँको परिवारजनमा चिर शान्तिको कामना गर्दै एक कार्यक्रमका बिच तुलसीपुरको बिरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।उक्त दिप प्रज्वलन कार्यक्रममा राप्रपा नेताहरु ओज बहादुर खड्काको श्रद्धाञ्जली मन्तव्य बाट सुरु भएको कार्यक्रममा शिव सेना नेपालका नेता आशिताब लामिछाने,राप्रपा नेता लक्ष्यमन केसी,विद्यार्थी नेता जित ओली,मिडिया नेपालका प्रदेश अध्यक्ष तेज वली,राप्रपा निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसी र निवर्तमान केन्द्रिय कार्य सम्पादन सदस्य टोपबहादुर शाहले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।उक्त श्रद्धाञ्जली र दिप प्रज्वलन कार्यक्रममा बोल्दै निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसीले देशको प्रमुख ब्यक्ति अर्थात राजा बिरेन्द्र र उहाँको परिवारको सामुहिक हत्या भएको आज २१ वर्ष सम्म पनि राज्य मौन बस्नु रहस्यमय भएको भन्दै यस्तो सरकार र राज्यबाट आम नागरिक सुरक्षीत हुन नसक्ने टिप्पणी गर्दै छिमेकी जिल्ला नेपालगन्जमा स्वस्फूर्त जनताले स्वर्गीय राजपरिवारको सम्झनामा राखिएको कार्यक्रममा राज्यबाट भएको दमन र गिरफ्तारको घोर निन्दा गर्दै गिरफ्तार भएका राष्ट्रप्रेमी जनताहरुको बिना सर्त रिहाईको माग गर्दै स्व राजपरिवार प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्नुभएको थियो।उक्त कार्यक्रमको सन्चालन राप्रपा युवा नेता एवम् क्षेत्र न ३ का सचीव यम भण्डारीले गर्नुभएको थियो।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!