२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

पदिय जिम्मेवारी पुरा नगर्ने एक नेपाल प्रहरीका इन्सपेक्टर सेवाबाट हटाउने

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले ‘पदीय जिम्मेवारी पूरा नगरी लापरबाही गरेको अभियोग’मा एक प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) लाई सेवाबाट हटाउने भएको छ ।
मन्त्रालयले प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘विभागीय कारबाही गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश गर्नू ।’

कुर्मी पर्सा कालिकामाई गाउँपालिका–५का बासिन्दा हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको दरबन्दीमा थिए ।

प्रहरी निरीक्षक कुर्मीले पदीय जिम्मेवारी पूरा नगरेको हुँदा प्रहरी नियमावलीअनुरुप गृहमन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!