(खेमराज रिजाल)
दाङ । टेक्टर माल नलिएरै खोलाको किनारै निकार टाप कसे, खोलामा खाडल बनाएर उत्खनन् गरीरहेका नागरीकहरु पनि पैदल दौडीरहेका देख्रिनथे, अनि खोलामा माल लोडगर्ने स्काभेटर अप्रेटर स्काभेटर खोलामै छाडेर कता गायव ।
यो दृश्य मंगलवार विहान पातुखोलाको राइखल्यान क्षेत्रमा देखिएको थियो । जव प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एस पि शुरेश काफ्ले, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याल सहितको टोलि पातुखोलाको उत्खनन् ठेक्का लगाइएको स्थानमा पुग्दा उत्खनन् दयनिय थियो । खोलामा ठुलाठुला भ्वाङ पारीएका थिए ।
किनारै सम्म वालुवा खोस्रनेहरुले सुरुङ बनाएका थिए । ठेकेदारका कर्मचारीले माल उठाएको पुरानो रसिद काटिरहेका देखिन्थे, बास्तवीक माल उठाएको टिपोट भने एउटा कापिमा उतारेका रहेछन् ।
तुलसीपुर उपमहानगरपालिकाले नदिजन्य पदार्थ उत्खनन् गर्दा वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदनका आधारमा मापदण्डमा तोकिए अनुसार उत्खनन्को आदेश दिएको थियो ।
पातुखोलाको सो क्षेत्रको करीव ५ सय मिटर लम्वाइभित्र रहेर खोलाको बेसबाट ९० सेन्टीमिटर मात्रै गहिराइमा उत्खनन् गर्ने प्रतिवेदनमा उल्लेख थियो । तर त्यहां खोलामा ५ मिटर भन्दा बढि गहिराइका भ्वाङहरु थिए ।
यस्तो पनि के आई ईई हुदो हो, खोलाको वहावलाइनै विथोलेर उत्खनन् गर्नुहुन्छ त’, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उत्खनन्को अख्तियार प्राप्त कम्पनीका कर्मचारीलाइ भनिरहेका थिए ।
एउटा कम्पनीको नाममा ठेक्का परेपनि त्यहां कम्तिमा आधा दर्जन व्यक्तिहरु मिलेर उत्खनन्को काम गरीरहेका थिए । तर कहिकतै पनि उत्खनन् गर्ने क्षेत्र उल्लेखगरी झण्डा गाडिएको थिएन, ठेक्का लगाउने तुलसीपुर उपमहानगरपालिकाले दिएको ठेली पनि काटिएको थिएन, पुरानै ठेलि देखाइरहेका थिए, ठेक्का लिने कम्पनीका कर्मचारीले ।
अमर मल्ल जेभिलाइ तुलसीपुर उपमहानगरपालिकाले त्यहांबाट ५ हजार घनमिटर नदिजन्य पदार्थ उत्खनन्को अधिकार दिएको छ ।
गएको १८ गतेदेखि मात्रै सो खोलामा नदिजन्यपदार्थ उत्खनन्को काम सुरु भएको हो । अव यहि महिनाको अन्त सम्म मात्रै उत्खनन् गर्न पाइने छ । तर उत्खनन् सुरु भएको दुइदिनमै खोलैभरी ठुलाठुला भंगाला सहितको भिडिओ पठाएर उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सहितको टोलि स्थलगत अनुगमनकालागी त्यहां पुगेको थियो ।
‘तपाइलाइ खोलामा सुरुङ खन्न ठेक्का दिएको कि मापदण्ड अनुसार लेवल मिलाएर उत्खनन् गर्न ठेक्का दिएको’, जिल्ला प्रहरी प्रमुख शुरेश काफेलेले ठेकेदार पार्टनरहरुलाइ सुझाइरहंदा ठेकेदार प्रतिनिधिको जवाफ थियो, हामीले त मापदण्ड अनुसारनै गरेको हो, खाल्टाखुल्टी त गाउलेले माल कति निकाले, कति मापदण्ड पुरा गरे, कति मनोमानी गरे भन्ने विषयमा अनुगमन गर्ने जिम्मा तुलसीपुर उपमहानगरपालिकाको हो । तर उपमहानगरपालिकाका अनुगमन अधिकारीहरुले यसलाइ खासै ठुलो महत्व दिएका देखिदैनन् ।
किनकि उपमहानगरपालिकालाइ चाहिने राजश्व मात्रै हो, खोलाले वहाव परीवर्तन गरोस कि पानीको वहाव रोकिएर डुवानमा । ‘राहत र उद्धारकालागी त फेरी हामीलाइनै समस्या हुन्छ नी’, प्रमुख जिल्ला अधिकारी फेरी आक्रोशको मुडमा देखिए । उनले त्यहिबाट तुलसीपुर उपमहानगरपालिकाका डिइ पवन योगीलाइ फोन गरी स्थलगत अनुगमन गरी मापदण्ड विपरीत उत्खनन् रोक्न आग्रह गरेका थिए भने प्रहरी प्रमुख काफ्लेले इलाका प्रहरी कार्यालयका प्रमुख श्यामु अर्याललाइ यस्तो मनपरी रोक्न आवस्यक सुरक्षा निगरानीकालागी निर्देशन दिए ।
यस्तो केरकार भैरहंदा निर्माण कम्पनीका ठेकेदार झग्गु भण्डारीले भनिरहेका थिए,वेकार ठेक्का लगाइएछ, गतिलो मालनै छैन, घाटैघाटा…।
तुलसीपुर उपमहानगरपालिकाको आन्तरीक राजश्वको मुख्य श्रोत भनेकै नदिजन्न पदार्थ हो । ठेक्का खोलेका विभिन्न २८ स्थानहरु मध्ये एउटा पातुखोला पनि हो । पातु सहित जम्मा ६ स्थानमा मात्रै ठेक्का लागेको छ ।
तैपनि मापदण्ड अनुरुपको अनुगमनको पाटो भने उपमहानगरपालिकाले निर्वाह गरेको छैन । दुइ महिना अघि ग्वारखोलामा पनि यस्तै उत्खनन् हुंदा स्थानियबासीले जनप्रतिनिधि र इलाका प्रहरीलाइ समेत गुहार्नुपरेको थियो । तर सुरक्षा निकाय फर्केपछि फेरी उस्तै मापदण्ड विपरीतका उत्खनन् ।
ग्वारखोला र पातुखोला त उदाहरण मात्रै हुन् । अधिकांश स्थानमा लगाइएका ठेक्कामा यसरीनै मापदण्ड विपरीतका उत्खनन्हरु भैरहेका छन् । यसले सिचाइ कुलाका मुहानहरुमा समस्या भएको छ भने नदि गहिरिदै जांदा कटान र डुवानको पनि समस्या अत्यधिक देखिएको छ ।
पातुखोलाको जुन स्थानमा उत्खनन्को ठेक्का लगाइएको छ, त्यसको नजिकै पनि अर्को पुल बन्दै छ । उत्खनन् मापदण्ड विपरीत हुंदै गएमा पुललाइ पनि समस्या पर्ने स्थानियबासीहरुले बताएका छन् ।
नदिजन्य पदार्थको उत्खनन्, संकलन र उपभोगको सवै अधिकार सरकारले संबन्धित स्थानिय सरकारलाइ दिएको छ । यसको विधिसम्मत रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समितिलाइ दिइएको छ । सिडिओ पुगेसी भागाभाग जव उनीहरुले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा इलाका प्रहरी कार्यालयका गाडिहरु आफु नजिक आइरहेको देखे, त्यसपछि सुरु भयो भागाभाग ।
टेक्टर माल नलिएरै खोलाको किनारै निकार टाप कसे, खोलामा खाडल बनाएर उत्खनन् गरीरहेका नागरीकहरु पनि पैदल दौडीरहेका देख्रिनथे, अनि खोलामा माल लोडगर्ने स्काभेटर अप्रेटर स्काभेटर खोलामै छाडेर कता गायव ।
यो दृश्य मंगलवार विहान पातुखोलाको राइखल्यान क्षेत्रमा देखिएको थियो । जव प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एस पि शुरेश काफ्ले, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याल सहितको