११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

प्रहरीको नाम बेचेर ३५ लाख लुटपाट गर्ने काठमाडौंबाट फरार दाङको भालुवाङबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

(सागर थापा)
दाङ । केही दिन अगाडि सस्तोमा सुन बेच्ने बहानामा काठमाडौंमा नक्कली प्रहरीले ३५ लाख रुपैयाँ लुटेको खुलेको छ । लुटपाटमा संलग्न एक जना काठमाडौंबाट पक्राउ परेका थिए । भने अर्का एक जना फरार रहेका थिए ।

गत ८ जेठमा काठमाडौंको लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए । एक किलो सुनको करिब ८० लाख पर्नेमा ३५ लाखमै पाइने भनेर ती व्यापारी प्रलोभनमा परी सस्तो सुन किन्न खोज्दा लुटिएका थिए । यता जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोलिले गोप्य सूचना पाए पछी लुटपाटमा संलग्न १ जना फरार दाङ नारायणपुर निवासी बर्ष २५ को सुदन परियारलाई दाङको भालुवाङबाट पक्राउ गरेको छ । दाङमा एसपी सुरेश काफ्लेले प्रहरी प्रमुख भएर आए देखि जिल्लामा अपराधीक घटनाहरु धमाधम नियन्त्रणमा आएको पनि छ एसपी काफ्लेले कानुन बिपरित काम गर्ने जो कोहीलाई पनि कानुन अनुसार र गल्ती गर्ने आफ्नो प्रहरीलाई समेत कार्वाही गरेर मुद्दा समेत चलाएको छ्न । एसपी काफ्ले अनुसन्धानमा एक अब्बल प्रहरी अधिकृत हुन गल्ती गर्ने प्रहरीलाई समेत मुद्दा चलाएर कारागार समेत पठाएको प्रहरी स्रोतले बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!